आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका नेता दलबहादुर एमालेमा प्रवेश

मङ्गलबार, १९ मङ्सिर २०८०, १५ : ४६
मङ्गलबार, १९ मङ्सिर २०८०

पोखरा । नेकपा एकीकृत समाजवादी सल्लाहाकार समिति सदस्य दलबहादुर गुरुङ एमालेमा प्रवेश गरेका छन् । पोखरामा आयोजित एमाले गण्डकीको शपथ ग्रहण कार्यक्रममा गुरुङ अध्यक्ष केपी ओलीको हातबाट खादा लगाएर पार्टी प्रवेश गरेका हुन् । 

यस्तै, जिल्ला सचिवालय सदस्य बाबुराम भण्डारी, जिल्ला सदस्य पदम गुरुङ, असिम गुरुङ,  प्रताप गुरुङ, माछापुच्छ्रे उपाध्यक्ष कृष्ण गुरुङ लगायत ८५ जना पार्टी प्रवेश गरेका एमाले गण्डकीका सचिव धनन्जय दवाडीले जानकारी दिए । 

पार्टी प्रवेशपछि गुरुङले एमालेबाटै देशको संकट समाधान हुने भएर एमाले प्रवेश गरेको बताए । 

‘नेपाल संकटमा छ । यो बेला संकट मुक्त गर्न एमालेले मात्रै सम्भव छ भनेर म प्रवेश गरेँ,’ उनले भने, ‘मिसन २०८४ मा म जिम्मेवार भएर लाग्नेछु । सबै ठाउँमा बहुमतले जिताउने छु ।’ 

समाजवादीका अन्यलाई पनि प्रवेश गराउने उनले बताए । उनले आफू मूल घरमा प्रवेश गरेको बताएका छन् ।

(यसअघि  सचिवालय सदस्य भएकोमा क्षमा याचनासहितसच्चाइएको छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप