आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रिजालको उपन्यास सुकर्मको अङ्ग्रेजी संस्करण डीप क्वेस्ट सार्वजनिक

मङ्गलबार, १९ मङ्सिर २०८०, १६ : ३५
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास सुकर्मको अङ्ग्रेजी संस्करण डीप क्वेस्ट प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उपन्यास सुकर्मको यस अङ्ग्रेजी संस्करणलाई साहित्य पोस्ट नेपालले प्रकाशित गरेको हो ।

 विगत पाँच हजार वर्षदेखि आगत पाँच सय वर्षसम्मको गतिविधि केलाउने प्रयास भएको यसको हिन्दी संस्करण भने २०७४ सालमा नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित थियो ।  

मधुपर्क मासिक र गोरखापत्र दैनिकको प्रधान सम्पादक रहिसकेका कमल रिजालको चर्चित उपन्यासको अङ्ग्रेजी संस्करण प्रकाशित गर्न पाउनु गौरवको विषय भएको प्रकाशक साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले बताए । अनुवादक महेश पौड्यालका अनुसार साहित्यकारहरू प्रायः प्रसङ्ग अनुसार विम्ब प्रयोग गर्छन् तर यो उपन्यास भने आफैँमा बिम्ब हो, बिम्बात्मक छ, बिम्बात्मक अवस्थामा रहेको छ । नेपालमा क्रमशः अङ्ग्रेजी भाषी पाठक पनि बढ्दै गएकाले तिनै पाठकलाई लक्षित गरी अङ्ग्रेजी संस्करण प्रकाशित गराउने रहर जागेको लेखक रिजालको भनाइ छ । 

लेखक रिजालका अनुसार उपन्यासले वैदिक वैज्ञानिक र विज्ञानले देखाएको मार्ग अनुसरण गर्दै ग्रहहरूका गति, अवस्थिति लगायत समग्र खगोल भूगोलको स्वरूप र विशेषता केलाउने प्रयास गरेको छ । यस क्रममा उपन्यासले आधुनिक विज्ञानले आगामी पाँच सय वर्षमा विज्ञान प्रविधि खासगरी अन्तरिक्ष विज्ञानको क्षेत्रमा के कस्तो फड्को मार्न सक्ला भन्नेबारेमा आकलन गर्ने प्रयास गरेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप