आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओमानले ३२ रनले हरायो मलेसियालाई, नेट रन रेटमा नेपाल अगाडि

मङ्गलबार, १९ मङ्सिर २०८०, १६ : ४५
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको पहिलो दिन सोमबार सम्पन्न तेस्रो खेलमा ओमानले मलेसियालाई ३२ रनले हराएको छ । समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले टस जिती पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २१ रनमात्र बनाउन सक्यो । ओमानको जितमा ब्याटिङतर्फ कप्तान जिसन मक्सुदले अविजित ५६ रनको योगदान गरे । उनले ४६ बलमा दुई छक्का र पाँच चौका पनि हिर्काए । ओपनर कस्यप प्रजापतीले २५ रनको योगदान गरे ।

तल्लोक्रमका ब्याट्सम्यान मोहम्मद नदिमले अविजित २१ रन बनाए । मलेसियाका बलर विरेनदिप सिंहले तीन विकेट लिए । जावफी ब्याटिङ गरेको मलेसियाका लागि विरेनदिप सिंहले अविजित ५७ रन बनाए पनि टोलीको जितका लागि त्यो अपर्याप्त भयो । 

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विरेनदिपले ५३ बलमा दुई छक्का र दुई चौका हिर्काएका थिए । मलेसियाका अन्य ब्याट्सम्यानले गतिलो योगदान गर्न सकेनन् । ओमानका बलर बिलाल खान र जिसन मक्सुदले दुई—दुई विकेट लिए । यसअघि कीर्तिपुर मैदानमै खेलिएको समूह ‘ए’ को पहिलो खेलमा आयोजक नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । तालिकामा दुई अंकसहित नेपाल पहिलो र समान अंक जोडेको ओमान दोस्रो स्थानमा छन् । नेट रन रेटमा ओमानभन्दा नेपाल अगाडि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप