आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मावि तहका लागि ७१८ शिक्षकको स्थायी नियुक्ति

मङ्गलबार, १९ मङ्सिर २०८०, १७ : ४५
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणीका लागि स्थायी शिक्षक सिफारिस गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षाको लिखित तथा अन्तर्वार्ता गरेर छनौट भएका ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो । 

सातै प्रदेशबाट विभिन्न विषयको परीक्षामार्फत छनौट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको हो ।  गत वर्ष मावि तर्फ १ हजार १८२ जनालाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको थियो । 

आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेद्वारहरूको यहि असोज २१, २४ र कात्तिक २ गते अन्तर्वार्ता सञ्चालन गरेको थियो ।  आयोगले शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा आयोगले उम्मेदवार छनौट गरेको थियो ।

छनौट भएका उम्मेदवारहरूलाई शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम विषयगत र प्रदेशगत रूपमा योग्यताक्रम सूची नतिजा विवरणसहित स्थायी नियुक्तिका लागि केन्द्रलाई सिफारिस गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप