आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतबाट धमाधम लगानी फिर्ता गर्दै विदेशी लगानीकर्ता

मङ्गलबार, १९ मङ्सिर २०८०, १७ : ५२
मङ्गलबार, १९ मङ्सिर २०८०

नयाँ दिल्ली । विदेशी लगानीकर्ताहरूले पछिल्ला केही दिनमा भारतीय शेयर बजारबाट धमाधम लगानी फिर्ता लगिरहेका छन् । 

गएको हप्ता लगानी बहिर्गमनको गति झनै तीव्र बनेको छ । इजरायल–हमास युद्धले अनिश्चय थपेको अनि अमेरिकामा उच्च ब्याजदरका कारण जोखिमयुक्त सम्पत्तिको माग घट्दा यसको असर भारतको शेयर बजारमा देखिएको हो ।

बिहीबार मात्रै विदेशी लगानीकर्ताहरूले ७६ करोड ८४ लाख अमेरिकी डलर बराबरको स्थानीय शेयर बेचेको ब्लुम्बर्गको डेटाले देखाएको छ । एक दिनमै यति ठूलो लगानी बाहिरिएको यो सन् २०२२ को जुनयता पहिलो पटक हो । 

अक्टोबर २६ सम्मको हप्ताभरिमा भने १ अर्ब २० करोड अमेरिकी डलर बराबरको लगानी फिर्ता गएको छ । शुक्रबारको डेटा आइसकेको छैन । यो साप्ताहिक आँकडा फेब्रुअरीको शुरुयताकै उच्च हो ।

यो महिनाको अहिलेसम्मको अवधिमा बेञ्चमार्क निफ्टी ५० परिसूचक ३ दशमलव ३ प्रतिशतले घटेको छ । एशिया प्रशान्त क्षेत्रको बृहतर एमएससीआई सूचक सो अविमा ३ दशमलव ८ प्रतिशतले घटेको छ । 

भूराजनीतिक तनाव अनि चालु आवको दोस्रो त्रैमासको मिश्रित तथ्यांकले लगानीकर्ताहरु भारतीय शेयर बजारप्रति विश्वस्त बन्न नसक्दा बजारमा सेल अफ देखिएको विश्लेषण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप