आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशसभाको रिक्त समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

सोमबार, १० वैशाख २०८१, १८ : ३४
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेश सभामा खालि रहेको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।  

सोमबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै जसपा नेता प्रकाश अधिकारीले बैठकले मधेस प्रदेश सभामा रिक्त समानुपातिक सांसदका लागि सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको बताए । उनले बैठकमा संघीय संसदमा पेस हुन लागेका ऐनहरुको बारेमा पनि बैठकमा छलफल भएको बताए ।

नेता अधिकारीले शिक्षा ऐन, गिटी बालुवा निकासी ऐन लगायतका बारेमा बैठकमा छलफल भएको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप