आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुटेरेस प्रधानमन्त्री प्रचण्डको साथ आज लुम्बिनी आउने

सोमबार, १७ वैशाख २०८१, ०८ : १८
सोमबार, १७ वैशाख २०८१

बुटवल । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोरियो गुटेरेस आज लुम्बिनी आउँदै छन् । नेपाल भ्रमणमा रहेका गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान  भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा झरेर लुम्बिनी जाने कार्यतालिका छ ।  

गुटेरेस आइतबार नेपाल आएका हुन् । गुटेरेसको लुम्बिनी भ्रमणको सबै तयारी पूरा भएको  लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए ।  गुटरेसले लुम्बिनीमा झण्डै डेढ घण्टा बिताउने छन् । उनी साढे १० बजे काठमाडौँ फर्किने कार्यक्रम छ । 

भैरहवास्थित विमानस्थलमा ओलिएपछि हेलिकप्टरमार्फत उनी लुम्बिनी जानेछन् ।  गुटरेसले मायादेवी मन्दिर, बुद्ध जन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षणपछि पिपलको रुखमुनि छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासन अधिकृत ज्ञानिन राईले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप