आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्यानडामा सरकारी मोबाइलमा विच्याट प्रतिबन्धित

सोमबार, १७ वैशाख २०८१, १२ : १०
सोमबार, १७ वैशाख २०८१

ओट्टावा । क्यानडाले सरकारी मोबाइलहरूमा चिनियाँ प्रविधि कम्पनी टेनसेन्टको म्यासेजिङ एप विच्याट इन्स्टल गर्न बन्देज लगाएको छ । तत्कालैदेखि लागू हुने गरी क्यानडाले यो प्रतिबन्ध लगाएको हो । 

विच्याटलाई सुपर एपको रूपमा हेरिन्छ, म्यासेञ्जरदेखि भुक्तानीसम्म सबै सुविधा यसमा पाइन्छ । तर यो एपमार्फत चीनले विदेशी प्रयोगकर्तामाथि जासुसी गर्न सक्ने भन्दै पश्चिमी देशका सरकारहरूले सुरक्षा चिन्ता जनाइरहेका छन् ।

विच्याट विश्वमा सबैभन्दा धेरै प्रयोग हुने एपमध्ये पर्दछ । चीनमा यो एप सर्वव्यापी नै छ । दक्षिण एसियाली देशहरूमा पनि यो एप निकै लोकप्रिय छ । विच्याटबाट सरकारी सूचनाहरूमा छेडखानी भएको प्रमाण भने अहिलेसम्म नभेटिएको क्यानडाको ट्रेजरी बोर्डकी अध्यक्ष अनिता आनन्दले एउटा विज्ञप्तिमा भनेकी छिन् ।

साइबर सुरक्षाको दृष्टिले मात्रै यस्तो कदम लिइएको उनले बताइन् । पछिल्लो समय टिकटक, विच्याट जस्ता चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने होडबाजी विश्वभर चलेको छ । विच्याटभन्दा टिकटक बढी लोकप्रिय छ । तर सुरक्षा विज्ञहरूले भने टिकटक भन्दा विच्याटमा सुरक्षा जोखिम धेरै भएको बताइरहेका छन् । क्यानडाले रुसी साइबर सुरक्षा कम्पनी क्यास्परस्काईविरुद्ध पनि कारबाही तीव्र पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप