आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

टी-२० विश्वकप छनोट : नेपालविरुद्ध मलेसियाले पहिले ब्याटिङ गर्दै

बुधबार, २० मङ्सिर २०८०, १३ : १६
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजक नेपाल र मलेसियाबिच खेल हुँदैछ । खेलमा मलेसियाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । 

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुवैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोली सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा छनोट हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप