आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

सन्दीपले लिए मलेसियाको तेस्रो विकेट

बुधबार, २० मङ्सिर २०८०, १४ : ०५
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबिच खेल हुँदैछ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो तेस्रो विकेट गुमाएको छ । 

मलेसियाको तेस्रो विकेट नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले लिएका हुन् । उनले मलेसियाका ब्याट्सम्यान विरनदिप सिंहलाई चार रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् । सिंह आउट हुँदा मलेसियाले १०.१ ओभरमा तीन विकेट गुमाएर ८५ रन बनाएको छ । 

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुवैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गर्नेछन् । सन् २०२४ को टी—२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप