आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

गुल्सन झाले लिए मलेसियाको पाँचौँ विकेट

बुधबार, २० मङ्सिर २०८०, १४ : २८
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच खेल हुँदैछ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो पाँचौँ विकेट गुमाएको छ । 

मलेसियाको पाँचौँ विकेट गुल्सन झाले लिएका हुन् । उनले क्रिजमा जमिसकेका मलेसियाका ओपनर ब्याट्सम्यान सैयद अजिजलाई पेभेलियन फर्काएका हुन् । गुल्सनले सैयद अजिजलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । 

सैयद अजिजले पेभेलियन फर्किनुअघि अर्धसतकीय पाली खेलेका थिए । उनले ६८ रन बनाएका थिए । उनले आक्रामक ब्याटिङ गर्दै ४९ बलको सामना गरी दुई छक्का र आठवटा चौका हिर्काएका थिए । उनी आउट हुँदा मलेसियाले १४.४ ओभरमा एक सय २५ रन बनाएको थियो ।

यस्तै यसअघि मलेसियाको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले मलेसियाका पाँचौँ नम्बरका ब्याट्सम्यान सरविन मुनिन्डीलाई १३ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । रोहित आफैले उनको क्याच लिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप