आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलिउडका ५ स्टार, जो धार्मिक कारण परे विवादमा

बुधबार, २० मङ्सिर २०८०, १४ : ३२
बुधबार, २० मङ्सिर २०८०

मुम्बई । बलिउड सेलिब्रेटीको विवादसँग नजिकको सम्बन्ध छ भन्दा फरक पर्दैन । किनभने उनीहरु केही न केही कारणले विवादमा छाएकै हुन्छन् । अक्सर उनीहरुको विवाद पहिरन, अभिव्यक्त विचार हुने गरेको छ । 

तर कहिले काहीँ अभिनय गरेको फिल्मका कारण उनीहरु धार्मिक भावनामा ठेस पुर्‍याएको भन्दै विवादमा समेत फस्दै आएका छन् । धार्मिक विवादमा मुछिएका पाँच बलिउड स्टार र उनका विवाद ।

तापसी पन्नुः

अभिनेत्री तापसी पन्नुले केही समय पहिले एक डीप नेक ड्रेसमा र्याम्प वाक गरेकी थिइन् । पहिरनका साथ उनले देवी लक्ष्मीको छाप भएको हार पनि लगाएकी थिइन् । जुन मानिसहरुले रुचाएन् । यो विषय विवादित भएपछि उनी विरुद्ध उजुरी समेत दर्ता भयो ।

दीपिका पादुकोणः

दीपिका पादुकोणसँग विवादको गहिरो सम्बन्ध छ । पटक पटक विवादमा पर्दै आएकी दीपिका पछिल्लो समय फिल्म ‘पठान’को गीत ‘बेशरम रंग’को कारणले विवादमा परिन् । यो गीतमा उनले अरेन्ज कलर (भगवान रंग)को विकनी लगाएकी थिइन् । गीत रिलिज भएपछि उनले धार्मिक भावनमा ठेस पुर्‍याएको आरोप लाग्यो । किनभने यो कलर हिन्दु देवी देवताको कलर मानिन्छ ।

आमिर खानः

राजकुमार हिरानी निर्देशित आमिर अभिनित फिल्म पीकेमा एक एलियनको कथा देखाइएको थियो । जो पृथ्वीमा आउँछ र धार्मिक कट्टरता र अन्ध विश्वासमा प्रश्न उठाउँछ । फिल्मले हिन्दु देवी देवताको मजाक उठाएको भन्दै विवाद निम्तिएको थियो ।

अक्षय कुमारः

अक्षय कुमारको हरर कमेडी फिल्म ‘लक्ष्मी’को नाम पहिले ‘लक्ष्मी बम’ राखिएको थियो । ट्रान्सजेन्डर महिलाको भावनमा आधारित फिल्ममा कियारा आडवानी पनि मुख्य भूमिकामा थिइन् । फिल्मको नामको विषयमा निकै विवाद भयो । नामले देवी लक्ष्मीको अपमान भएको मानिसहरुको धारणा थियो । त्यसपछि फिल्मको नाम ‘लक्ष्मी बम’बाट ‘लक्ष्मी’ राखियो ।

शाहरुख खानः

२०१८ मा रिलिज भएको फिल्म ‘जिरो’को कारण शाहरुख खान पनि विवादमा मुछिएका थिए । फिल्मको ट्रेलरमा शाहरुख खानले बनियान र शर्टमा कृपाण लगायका थिए । उक्त पहिरनले सिख समुदायमा ठेस पुगेको भनेर उनको विरुद्ध कारबाहीको माग भएको थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप