आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् नेपाल भर्सेस मलेसियाको रोमाञ्च
टी-२० विश्वकप छनोट

तस्बिरमा हेर्नुहोस् नेपाल भर्सेस मलेसियाको रोमाञ्च

बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले मलेसियाबाट जितका लागि एक सय ६६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ६५ रन बनाएको हो ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुबैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् । सन् २०२४ को टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया