आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘जम्प’ मंसिर २९ बाट प्रदर्शनमा आउने

बुधबार, २० मङ्सिर २०८०, १५ : ०६
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा रहेको फिल्म ‘जम्प’ मंसिर २९ बाट प्रदर्शनमा आउने भएको छ । 

साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको फिल्म यतिबेला पोष्ट प्रोडक्सनको अनि्तम चरणमा छ । फिल्मले विगतका अनुभूति र भ्रष्टाचारको विषय कथा बनाएको निर्देशक कार्कीले बताए ।

क्रियटिभ माकुरा मिडियाको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, विनीता थापामगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कडेलको मुख्य भूमिका छ । फिल्मको कार्यकारी निर्माता इशा खड्का हुन् । 

विदेशका विभिन्न फेस्टिभलमा समेत सहभागी भएको फिल्मले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने लेखक तथा निर्देशक कार्कीले बताए । क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् । फिल्म गोविन्द शाहीले वितरण गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप