आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वदेशमा उत्पादन हुने कृषि वस्तुको आयात गरिँदैन : मन्त्री भुसाल

बुधबार, २० मङ्सिर २०८०, १५ : १५
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले स्वदेशमा उत्पादन हुने कृषि वस्तुको आयात नगरिने बताएका छन् । ललितपुर जावलाखेल खेल मैदानस्थित फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा उत्पादन हुने दूध, फूल लगायत कृषि वस्तुको आयात गर्न नहुने बताएका हुन् । 

‘एक समयमा व्यवसायी साथीहरुबाट दूधको आयात खुलाउन धेरै दबाब भएको थियो,’ मन्त्री भुसालले भने, ‘जबसम्म हाम्रा किसानले दूध उत्पादन गर्छन्, तबसम्म आयात खोलिँदैन, यति मात्रै होइन स्वदेशमा उत्पादन हुने अरु कृषि वस्तु आयात रोक्नुपर्छ ।’ 

भारतसँग खुला सिमाना भएकाले अवैध रूपमा कृषि वस्तु भित्रिन्छन् । अवैध रूपमा भित्रिने कृषि वस्तुको आयात रोक्न सरकार एक्लै मात्रै लागेर नहुने मन्त्री भुसालको भनाई छ । 

‘अवैध रूपमा भित्रिने कृषि वस्तुलाई रोक्न व्यवसायी साथीहरुले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनका लागि सरकार तयार छ ।’

अर्को प्रसंगमा मन्त्री भुसालले चाडपर्वमा बजारमा बढी अनियमितता भएको र त्यसलाई नियन्त्रण गर्न सरोकारवाला निकाय अनुगमनमा लागी परेको बताए । ‘व्यवसायी साथीहरुलाई अनियमितता, कालोबजारी भएको बढी थाहा हुन्छ ,’ उनले भने ,‘तपाईहरुले जानकारी गराएर अनुगमन समितिलाई र अनियमितता नियन्त्रणमा सहयोग गरिदिनु होला । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप