आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पिताको किसिङ सिन हेरेर लजाएका थिए सनी र बबी देओल

बुधबार, २० मङ्सिर २०८०, १५ : १९
बुधबार, २० मङ्सिर २०८०

मुम्बई । धर्मेन्द्रले हालै एउटा फिल्ममा किसिङ सिन दिएका थिए । रणबीर सिंहको ‘रकी और रानीकी प्रेम कहानी’मा धर्मेन्द्र र सबाना आजमीबीच लिपलक सिन थियो । यो सिन निकै भाइरल बनेको थियो । यो सिन हेर्दा धमेन्द्रका छोराहरु सनी देओल र बबी देओललाई लाज लागेको थियो ।

कफी विथ करणको आगामी एपिसोडमा सनी  देओल र बबी देओल अतिथिका रुपमा आउँदैछन् । सो एपिसोडको प्रोमोमा करण जौहरले देओल ब्रदर्शलाई उक्त किसिङ सिनबारे सोधेका थिए । सो प्रश्न सुनेर शुरुमा दुवै जना लजाए । यसको जवाफमा सनीले पापाले आफूलाई मन लागेको कुरा गर्न सक्ने अनि उनलाई कसैले केही नभन्ने जवाफ दिएका थिए । करणको शोमा देओल ब्रदर्श सँगै आएको यो १८ वर्षयता पहिलो पटक हो । यस अघि सन् २००५ मा पहिलो सिजनमा उनीहरु साथसाथ देखिएका थिए ।

कफी विथ करणको पहिलो एपिसोडको चर्चा अहिलेसम्म पनि सेलाइसकेको छैन । रणबीर सिंह र दीपिका पादुकोण अतिथि रहेको सो एपिसोड आएपछि रणबीर र दीपिका कयौँ कारणले ट्रोल भइरहेका छन् । कफी विथ करणको पहिलो सिजन सन् २००४–०५ मा टेलिकाष्ट भएको थियो । अहिलेसम्म करणले यो शोको १४८ ओटा एपिसोड होष्ट गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप