आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

२५ बलमा ४३ रन बनाउँदै आउट भए कुशल भुर्तेल

बुधबार, २० मङ्सिर २०८०, १५ : ३०
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मलेसियाबाट पाएको एक सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । उनी ४३ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । आक्रामक रुपमा प्रस्तुत भएका कुशल भुर्तेलले केवल २५ बलको सामना गरी चार छक्का र चार चौका हिर्काए । 

उनलाई मलेसियाका बलर पवनदिप सिंहले मुनिन्दीमार्फत क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ५.२ ओभरमा ४९ रन बनाएको छ । यसअघि सिंगापुरविरुद्ध सोमबार खेलिएको पहिलो खेलमा कुशल भुर्तेलले ४८ बलमा ७४ रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप