आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

२३ बलमा ३२ रन बनाउँदै पेभेलियन फर्किए आसिफ शेख

बुधबार, २० मङ्सिर २०८०, १५ : ५३
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मलेसियाबाट पाएको एक सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको हो । उनी ३२ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनले २३ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान आसिफलाई मलेसियाका बलर मुहम्मद आमिरले आफ्नै बलमा आफेले क्याच गरेका थिए । उनी आउट हुँदा नेपालले ११.४ ओभरमा एक सय १६ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप