आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेशले पाकिस्तानलाई दियो २०५ रनको लक्ष्य

बुधबार, २० मङ्सिर २०८०, १८ : ११
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको मंगलबारको खेलमा बंगलादेशले पाकिस्तानलाई जितका लागि दुई सय पाँच रनको लक्ष्य दिएको छ । कोलकातास्थित इडेन गार्डेन स्टेडियममा टस जिती पहिले ब्याटिङको निणर्य लिएको बंगलादेशले ४५.१ ओभरमा अलआउट हुनुअघि दुई सय चार रन बनाएको हो । 

बंगलादेशका लागि महमुदुल्लाहले अर्धसतकीय पाली खेले । उनले ७० बलको सामना गरी एक छक्का र ६ चौका हिर्काएका थिए । त्यसअघि ओपनर ब्याट्सम्यान लिट्टन दासले पनि टोलीको खातामा ४५ रन थपेका थिए । विकेटकिपर ब्याट्सम्यान दासले ६४ बलमा ६ चौका पनि हिर्काए । 

अर्का ओपनर तानजिद हसन भने शून्य रनमै पेभेलियन फर्किएका थिए । कप्तान सकिब अह हसनले ४३ रन जोडे । उनले ६४ बलमा चार चौका प्रहार गरे । तल्लो क्रमका ब्याट्सम्यान मेहदी हसन मिराजले २५ रन बनाए । 

पाकिस्तानी टोलीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । पाकिस्तानी टोलीका बलर साहिन शाह अफरिदीले तीन विकेट लिए । मोहम्मद वसिमले पनि तीन विकेट हात पारे । ह्यारिस रउफले दुई विकेट लिए । इफ्तिखार अहमद र उसमा मिरले एक—एक विकेट कुम्ल्याए ।

बंगलादेशविरुद्धको त्यो खेलमा तिब्रगतिका पाकिस्तानी बलर साहिन शाह अफरिदीले विश्व कीर्तिमान पनि बनाए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेटको कोषेढुंगा पार गरे । २३ वर्षीय अफरिदी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट लिने तिब्रगतिका बलर पनि बने । 

उनले ५१ खेलमा एक सय विकेट लिएका हुन् । उनले अस्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् । अफरिदीले बंगलादेशी ब्याट्सम्यान तनजिद हसनलाई आउट गराउँदै एकदिवसीय क्रिकेटमा एक सय विकेटको कीर्तिमान बनाएका हुन् । उनले बंगलादेशका ओपनर ब्याट्सम्यान तनजिदलाई एलबीडब्लूको धरापमा पारेका थिए ।

त्यसपछि उनले बंगलादेशका तेस्रो नम्बरका ब्याट्सम्यान नजमुल होसैन सान्तोको विकेट पनि लिएका थिए । नजमुल होसैनलाई उनले चार रनको ब्यक्तिग स्कोरमा उसमा मिरद्वारा क्याच गराएका थिए । एकदिवसीय क्रिकेटमा यो उनको १०१औँ विकेट थियो । उनले तेस्रो विकेटका रुपमा बंगलादेशका महमुदुल्लाहलाई बोल्ड गरेका थिए । एकदिवसीय क्रिकेटमा यो उनको १०२औँ विकेट थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप