आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देउराली सहकारी प्रकरण : म्यानेजरसहित थप दुई जना पक्राउ

सोमबार, १७ वैशाख २०८१, २० : ३४
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका म्यानेजरसहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीका म्यानेजर दीपक केसी र ऋण समितिका सदस्य राजेन्द्र खत्री छन् ।

भक्तपुर घर भएका सहकारीका म्यानेजर र ऋण समितिका सदस्यलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरीको केन्द्रीय अनुसन्धान असोज १५ मा देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली सहकारीका संचालकहरुले बचतकर्ताको रकम फिर्ता नदिएर ठगी गरेको आरोप छ । देउराली सहकारीका सञ्चालक चौलागाईंसहितका संचालकहरुविरुद्ध ४८ करोड रकम अपचलन गरेको उजुरी परेको छ । ३ सय ६९ जनाले अहिलेसम्म जाहेरी दर्ता गराएको र जाहेरी आउने क्रम जारी रहेको एसपी अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप