आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

सहज जीतसँगै पाकिस्तानको आशा जीवितै

सोमबार, १७ वैशाख २०८१, २१ : ०५
सोमबार, १७ वैशाख २०८१

कोलकाता । बंगलादेशलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुग्ने आशा जीवितै राखेको छ । मंगलबार भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पाकिस्तानले १०५ बल अगावै मात्र ३ विकेटको क्षतिमा पछ्याएको हो ।

ओपनरद्वय फखर जमान र अबुल्लाह सफिकले शतकीय साझेदारी गर्दै पाकिस्तानको जीतको आधार तय गरे । जमानले ७४ बलमा ८१ रनको शानदार पाली खेले भने सफिकले ६९ रनको योगदान दिए । मोहम्मद रिजवानले नटआउट रहँदै २६ तथा इफ्तिकार अहमदले १७ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । बंगलादेशका लागि मेहदी हसन मिराज एक्लैले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४५.१ ओभरमा २ सय ४ रनमा अलआउट भएको थियो । बंगलादेशका लागि महमदुल्लाहले सर्वाधिक ५६ रन बनाएका थिए । लिट्टन दासले ४५ तथा कप्तान शाकिब अल हसनले ४३ रनको योगदान दिए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी र मोहम्मद वसिमले ३–३ विकेट लिए । खेलमा अफ्रिदी सबैभन्दा चाँडो १ सय विकेट पुरा गर्ने तीव्र गतिका बलर पनि बने । ह्यारिस राउफले २ विकेट लिए ।

जीतपछि ७ खेलबाट ६ अंक बटुल्दै पाकिस्तान अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । बंगलादेश भने २ अंकसहित नवौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप