आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुलेमान शंकरसहित ९ जना कलाकार जुवा खालबाट पक्राउ

सोमबार, १७ वैशाख २०८१, २१ : ०५
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । प्रहरीले काठमाडौँको मैतिदेवीबाट कलाकार सुलेमान शंकर (इकु सुलेमान) सहित ९ जना कलाकारलाई पक्राउ गरेको छ । मैतिदेवीस्थित डान्सबारमा संचालित जुवा खालबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा गायक चक्र बम, शंकर आचार्य, सुलेमान शंकर र नरेन्द्र विष्टसहित ९ जना छन् । जुवा खालबाट प्रहरीले १ लाख ९० हजार रकम बरामद गरेको छ । शनिबार राति पक्राउ गरेर उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए । 

कलाकारहरुलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा थुनामा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप