आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : सरकार पनि सडकमा, एनआरएनएमा हातपात

सोमबार, १७ वैशाख २०८१, २० : ५२
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । आज २०८० कार्तिक १४ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

संसद्‍मा महासचिव गुटरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाललाई जलवायु परिवर्तनविरुद्ध नेपालको संघर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नेपालबाट आफूले धरै कुरा सिकेर जान लागेको बताएका हुन् । सम्बोधनमा महासचिव गुटरेसले नेपाल सरकार र नेपाली जनतालाई आत्मीय स्वागतका लागि धन्यवाद दिए । उनले भने, ‘मेरो केही दिनको बसाइँमा मैले धेरै कुरा सिकेँ । त्यो सिकेको कुरा लिएर जलवायु परिवर्तनमा तपाईंहरुको संघर्षलाई र यहाँको विकासका लागि सहयोग गर्नेछु ।’ गुटरेसले नेपालले लैङ्गिक समानतामा हासिल गरेको प्रगतिको प्रशंसा गरे ।

एनआरएनए कार्यालयमा तनाव

कात्तिक ४ गते बद्री केसीले अध्यक्षको शपथ लिएपछि असन्तुष्ट पक्षले समेत गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर कमिटी घोषणा गर्यो । यससँगै फुटको अवस्थामा पुगेको एनआरएनएभित्र संकट गहिरिँदै गएको छ । असन्तुष्ट पक्षले बद्री केसीको नेतृत्वलाई अस्वीकार गर्दै नयाँ कार्यसमिति चयन गरेपछि दुई पक्षीय टकराब बढेको हो । 

नेपालमाथि अन्तर्राष्ट्रिय दबाब

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमणमा संक्रमणकालीन न्याय प्रधान विषय बनेको छ । तत्कालीन सात दल र विद्रोही माओवादीबिच २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौता भएको थियो । १७ वर्षसम्म पनि संक्रमणकालीन न्यायको विषय नटुङ्गिएपछि महासचिव गुटरेसले नेपालमाथि पुनः दबाब दिएका छन् । यसले संक्रमणकालीन न्याय टुङ्ग्याउन नेपालमाथि अन्तर्राष्ट्रिय दबाब थपिएको जानकारहरु बताउँछन् ।

सरकार पनि सडकमा

सत्तारूढ दल माओवादी केन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र प्रतिगमनको विरोध लगायत विषयमा जनप्रदर्शन गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो । विशेष अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा आगामी मंसिर २२ गते सडक प्रर्दशन गर्ने गरी माओवादीले मातहतका कमिटीमा ६ बुँदे परिपत्र जारी गरेको छ ।

साँगुरिँदै हिमनदी

पृथ्वीको तापमान बढेर हिउँ पग्लिदा मुलुकका २५ प्रतिशत हिमनदीको क्षेत्रफल साँगुरिएको छ । वातावरणीय असर र मानवीय गतिविधिका कारणले मुलुकका हिमनदीको क्षेत्रफल साँगुरिएको हो । 

परराष्ट्रमन्त्री र अमेरिकी विदेशमन्त्रीबिच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउदले आज वासिङ्टन, डिसी स्थित डिपार्टमेन्ट अफ स्टेट (विदेश विभाग)का अमेरिकी विदेश सचिव एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । उनीहरूबिच साझा हित  तथा  चासोका विषय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान भएको छ ।

ग्वार्कोमा फ्लाइओभर

नेपालकै पहिलोफ्लाइओभर ललितपुरको ग्वार्कोमा धमाधम निर्माण भइरहेको छ । नलेज सेयरिङ्ग एण्ड टेक्नोलोजी ट्रान्सफरको अवधारणामा सिकाईको रुपमा समेत अघि बढाइएको यो परियोजना इन्जिनियरिङ्ग, प्रोकुरमेन्ट एण्ड कन्स्ट्रक्सन (ईपीसी) खरिद मोडलमा अघि बढाइएको हो । अर्थात् ठेकेदार (निर्माण) व्यवसायीबाटै परियोजनाको सर्भे, डिजाइनिङदेखि निर्माण कार्यसमेत सम्पन्न गर्ने गरीफ्लाइओभरको काम अघि बढेको छ ।

दसैँ बिदामा काठमाडौँ जिल्ला अदालत

अन्य सहकर्मी र सँगै सेवामा प्रवेश गरेका साथीहरु दसैँ बिदामा रमाइलो मनाइरहँदा काठमाडौँ जिल्ला अदालतका केही इजलास अधिकृत, कम्प्युटर अपरेटर, नायब सुब्बा लगायतका कर्मचारी भने कार्यालयमै उपस्थित भएर काम गरिरहेका थिए । कामको चाप रहने काठमाडौँ जिल्ला अदालतबाट भएका फैसला लेखनको काम धेरै नै बाँकी रहेको भन्दै कर्मचारीहरु दसैँ बिदामा पनि छुट्टी नबसी फैसला लेखनको काम गरिरहेका थिए ।

संसद्‍मा महासचिव गुटरेस

डेंगु संक्रमितको संख्या क्रमशः घट्दै गएपनि यस समयमा संक्रमित बढ्न सक्ने सरुवा विशेषज्ञहरूको भनाई छ । अघिल्लो वर्षका डेंगु संक्रमितको तथ्याङ्कलाई केलाउँदा पनि असोज, कात्तिक महिनामा संक्रमितको संख्या बढेको देखिन्छ ।

एमाले–मुख्यमन्त्री टकराव सुरु

‘अहिले पनि म सर्वपक्षीय सरकार गठनको पक्षमा छु । मेरा प्रयासहरु निरन्तर अगाडि बढ्नेछन् । ५ वर्ष अगाडि बहुमत प्राप्त हुँदा पनि मैले सहमति गरेर अगाडि जान आग्रह गरेको थिएँ । त्यसबेला पनि मेरा कुरा कार्यान्वयन भएनन् । अहिले पनि मैले उठाइरहेको छु । म यो कुरा निरन्तर उठाइरहने छु । अर्को विकल्पै छैन,’ गत असार १५ गते विश्वासको मत माग्दै कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको बैठकमा भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप