आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भिनिसियसद्वारा रियलसँगको करार नवीकरण

सोमबार, १७ वैशाख २०८१, ०९ : ५८
सोमबार, १७ वैशाख २०८१

मड्रिड । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले सन् २०२७ सम्म आफ्नो करार थप गरेका छन् । २३ वर्षीय ब्राजिलियन खेलाडीले रियलका लागि २ सय ३५ खेलमा ६३ गोल गरेका छन् भने सन् २०२२ को च्याम्पियन्स लिगसहित ९ वटा उपाधि जितिसकेका छन् ।

भिनिसियस सन् २०१८ मा १८ वर्षको उमेरमा ३.८ करोड पाउन्डमा रियलसँग आबद्ध भएका थिए । उनको करार अर्को वर्ष समाप्त हुन लागेको थियो । ‘हेलो मड्रिडका समर्थकहरू, मेरो करार नवीकरण गरेकोमा म निकै खुसी छु । यो मेरो लागि सपना हो,’ उनले रियलको सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा भनेका छन्, ‘मलाई आशा छ म अझै धेरै वर्ष खेल्न सक्नेछु, धेरै गोल गर्नेछु र उपाधि जित्नेछु । हाला मड्रिड ।’

सोमबार आयोजित बालोन डी’ ओर अवार्डमा भिनिसियस छैटौँ स्थानमा रहेका थिए । उनले सोकराटेस अवार्ड भने हात पारेका थिए । रियलमा रहँदा उनले दुईवटा ला लिगा, दुई स्पेनिस सुपर कप, दुई क्लब विश्वकप, कोपा डेल रे तथा युरोपियन सुपरकपको उपाधि जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप