आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बर्दिया र झापामा बालिका बलात्कृत

बुधबार, १२ वैशाख २०८१, १२ : १०
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । बर्दिया र झापामा बालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

बर्दियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । थारूले सोमबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

यता झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-४ वडावारी तामाङ बस्ती बस्ने ४५ वर्षीय डिल्ली कुमार श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सोमबार राति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप