आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

अभागी ग्राहम गुचको नाममा जोडिएको एउटा कीर्तिमान

बुधबार, १२ वैशाख २०८१, १२ : ४२
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । इङ्ल्यान्डलाई क्रिकेटको जननी राष्ट्र मानिन्छ । आईसीसी एकदिवसीय विश्वकपको सुरुको तीनवटा संस्करण पनि इङ्ल्यान्डमै आयोजना भएको थियो । तर, इङ्ल्यान्डले एकदिवसीय विश्वकपको उपाधि चुम्न भने सन् २०१९ मा आयोजित १२औँ संस्करणसम्म निरन्तर सङ्घर्ष गर्नुपर्‍यो । 

आफ्नो समयमा उपाधि जित्न नसके पनि इङ्ल्यान्डका पूर्वक्रिकेटर ग्राहम गुचको नामसँग एउटा गजबको कीर्तिमान जोडिएको छ । उनी तीनवटा फरक दशकमा एकदिवसीय विश्वकपको फाइनल खेल खेल्ने इङ्ल्यान्डका एकमात्र खेलाडी हुन् । 

उनले सबैभन्दा पहिले सन् १९७९ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध फाइनल खेल खेलेका थिए । त्यसपछि उनले सन् १९८७ मा अस्ट्रेलियाविरुद्ध एकदिवसीय विश्वकपको फाइनल खेल खेलेका थिए । त्यसपछि उनले सन् १९९२ मा पाकिस्तानविरुद्ध एकदिवसीय विश्वकपको फाइनल खेल खेलेका थिए । तर, ती तीनवटै विश्वकपमा ग्राहम गुचसहितको इङ्ल्यान्डको टोली पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप