आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भक्तपुरमा लागिसक्यो तिहार, धमाधम बन्दैछन् माटोका पाला, तस्बिरहरू
तिहार

भक्तपुरमा लागिसक्यो तिहार, धमाधम बन्दैछन् माटोका पाला, तस्बिरहरू

बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । तिहार आउन अझै एक हप्ताभन्दा बढी बाँकी छ । तर भक्तपुरका प्रजापति समुदायलाई भने तिहार लागिसकेको छ । 

तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले यहाँका प्रजापति समुदाय खटिइरहेका छन् । भक्तपुरकै अन्य स्थान बोलाछेँ, ठिमी, ब्यासीमा पनि माटोको भाँडा बनाइने भए पनि सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा पर्ने पोटरी स्क्वायरमा मानिसहरू पुग्ने गरेका छन् । 

तिहारका लागि अधिक माग हुने दियो र पाला बनाउनलाई अहिले यहाँका कुमालेहरू निकै व्यस्त छन् । उनीहरूका अनुसार एक जनाले तिहारको समयमा पाला बनाएर ५० देखि ६० हजार रुपैयाँसम्म कमाउन सक्छन् । त्यसैले उनीहरूको ध्यान दियो र पाला बनाउन मै केन्द्रित हुने गरेको छ ।

तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुनेगर्छ । माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठुलो भएको कुमालेहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया