आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज पनि घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि

बुधबार, २० मङ्सिर २०८०, १६ : ०७
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि गिरावट आएको छ । हिजो मंगलबार १४ अंकले घटेको सेयर सूचक आज ५ अंकले घटेको हो । यससँगै, आज परिसूचक १८५८ अंकमा आएर रोकिएको छ ।

०.३१ प्रतिशतले परिसूचक घट्दा आज ८१ करोड २० लाख रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ । हिजो नेप्सेमा ५७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । यसक्रममा ६८ कम्पनीको सेयर मूल्य भने बढेको छ । तर, १६२ कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनीको भने स्थिर कायम भएको छ ।

परिसूचक ५ अंकले घट्दा लगानी समूहमा ०.०५ अंकको सुधार आएको छ । यसबाहेक सबै समूहमा गिरावट आएको छ । उत्पादनमूलक समूहमा ४८ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ३५ अंक र जीवन बीमा समूहमा ३८ अंकको गिरावट आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप