आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डको गुनासाे : जनपरिचालनबारे गलत प्रचार भयो

बुधबार, २० मङ्सिर २०८०, २२ : ५६
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष अभियानअन्तर्गत गर्न लागिएको जनपरिचालनबारे बाहिर गलत प्रचार भएकोमा गुनासाे पोखेका छन् ।  बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा माओवादी बागमती प्रदेशको बैठकमा सम्बोधन गर्दै उनले जनपरिचालन सम्बन्धमा सञ्चारमाध्यमले गलत प्रचार गरेकोमा गुनासाे पोखेका हुन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सङ्घीयता,गणतन्त्र, समावेशी लोकतन्त्रमाथि चुनौती थपिएको भन्दै प्रतिगामी शक्तिविरूद्ध आगामी मङ्सिर २२ गते काठमाडौँ केन्द्रित जनप्रर्दशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति जनआक्रोश पैदा भएपछि मङ्गलवार नै माओवादीले विज्ञप्ति जारी गरी समाचारको खण्डन गरेको थियो । सोही विषयलाई लिएर प्रचण्डले गुनासाे पाेखेका सम्पर्क समन्वय प्रदेशका इन्चार्ज एवं उपाध्यक्ष गिरिराजमणि पोखरेलले जानकारी दिए । 

‘केन्द्रीय समितिले गरेको निर्णय बमोजिम विशेष अभियानकै क्रममा जनपरिचालन गर्ने निर्णय गरेको हो । तर सञ्चार माध्यममा जनपरिचालन विरुद्ध गलत समाचार सम्प्रेषण भएकोमा उहाँले  असन्तुष्टि जनाउनुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै पोखरेलले रातोपाटीसँग भने । 

उनका अनुसार अभियानबाट देशभर माओवादीमा फेरि उत्साह जागेको प्रचण्डले बताएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशका इन्चार्जबाट अभियानको अहिलेसम्मको स्थितिबारे जनकारी लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप