आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डसमक्ष तीन प्रदेशको रिपोर्टिङ–अभियान उत्साहजनक छ

बुधबार, २० मङ्सिर २०८०, २३ : ०१
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । जनतासँग माओवादी विशेष अभियान अन्तर्गत बागमती प्रदेशले अहिलेसम्म भएका कार्यप्रगतिबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष रिपोर्टिङ गरेको छ । 

बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त बैठकमा कार्यप्रगति सम्बन्धमा संक्षिप्त जानकारी गराइएका थिए ।

 अध्यक्ष प्रचण्डको उपस्थितिमा बसेको बैठकमा सम्पर्क समन्वय प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा र उपत्यका प्रदेशका इन्चार्ज वर्षमान पुन सहभागी थिए । तीन वटै प्रदेशका इन्चार्जले अहिलेसम्म भएका गतिविधिबारे अध्यक्षलाई जानकारी गराइएको सम्पर्क समन्वय प्रदेशका इन्चार्ज पोखरेलले जानकारी दिए । 

‘बैठकमा अध्यक्षज्यूले देशभर भइरहेका अभियानको गतिविधिबारे संक्षिप्त जानकारी गराउनुभयो । हामीले पनि आ–आफ्नो प्रदेशका स्थितिबारे उहाँसमक्ष जानकारी गरायौँ । अहिलेसम्मको स्थिति हेर्दा अभियान सफल भएको छ । यसले पार्टी बलियो बनाउन मद्दत गरेको छ । समग्रमा अभियान सन्तोषजनक रहेको हामी सबैलाई अनुभूति भएको छ’, रातोपाटीसँग पोखरेलले भने । 

संयुक्त बैठकमा बागमती प्रदेशमा अभियानले पारेको प्रभाव, सङ्गठनात्मक स्थिति र जनपरिचालन गर्ने सम्बन्धमा समीक्षा भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप