आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ सर्च इञ्जिन बाइडुले ल्यायो च्याटजीपीटी जस्तै प्रडक्टको पेड भर्सन

बुधबार, २० मङ्सिर २०८०, १७ : ५१
बुधबार, २० मङ्सिर २०८०

बेजिङ । चिनियाँ सर्च इञ्जिन कम्पनी बाइडुले च्याटजीपीटी जस्तै प्रडक्टको फेड भर्सन लञ्च गरेको छ । 

कम्पनीले बुधबार च्याटजीपीटी जस्तै प्रडक्ट एर्नी बोटको पेड भर्सन ल्याएको हो । पेड सब्सक्रिप्शन बुधबार देखि नै प्रयोगकर्ताहरुमाझ उपलब्ध छ ।

यो प्रडक्टका लागि कम्पनीले प्रयोगकर्ताबाट मासिक ५९ दशमलव ९ युआन अर्थात् ८ डलर १८ सेन्ट शुल्क लिनेछ । एर्नी बोट जेनरेटिभ कृत्रिम बौद्धिकता (एआई)मा आधारित एप हो । यस वर्ष कयौँ चिनियाँ कम्पनीहरुले एआईमा आधारित च्याटबोटहरु सार्वजनिक गरेका थिए ।

एर्नी बोट त्यस्तो खालको पहिलो च्याट बोट थियो । यो वर्षको सुरुमा बाइडुले एर्नी ४.० लञ्च गर्ने घोषणा गरेको थियो । यो एर्नीको नयाँ र अपग्रेडेड भर्सन थियो ।  

अगष्टमा कम्पनीले यसलाई लञ्च गरेपछि यो चीनको आईओएस स्टोरमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको थियो । हालैका दिनमा बाइडुले एआई सम्बन्धी सेवामा आफ्नो पकड बलियो बनाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप