आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
cricket

डी कक र डुसेनको शतक, न्युजिल्याण्डसामु विशाल लक्ष्य

बुधबार, २० मङ्सिर २०८०, १८ : १७
बुधबार, २० मङ्सिर २०८०

पुणे । क्विन्टन डी कक र रासी भन डर डुसेनको शतकीय पालीको मद्दतले भारतमा जारी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डसामु ३ सय ५८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टोलीले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको हो ।

डी ककले १ सय १४ रनको शानदार पाली खेले ।  उनले ११६ बलमा १० चौका र ३ छक्का हिर्काए । यो विश्वकपमा उनी ५ सय रन पुरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यो विश्वकपमा उनको यो चौथो शतक हो । 

त्यस्तै, डुसेनले ११८ बलमा १ सय ३३ रन बनाए । उनले ९ चौका र ५ छक्का हिर्काए । डेभिड मिल्लर आक्रामक पाली खेल्दै ३० बलमा ५३ रन बनाए । कप्तान टेम्बा बाभुमाले २४ रनको योगदान दिए । न्युजिल्याण्डका लागि टिम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निसमले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप