आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुलुकको हितका लागि छलफल गर्न छुट्टै फोरम बनाउन आवश्यक : सभापति लामिछाने

बुधबार, २० मङ्सिर २०८०, १८ : २५
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीगत फोरमहरुमा मात्रै नभएर मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताएका छन् ।  

बुधबार नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । उनले विभिन्न चाडपर्वहरुको अवसरमा आयोजन हुने चियापान कार्यक्रमले पार्टीहरुबीच सद्भाव बढाउन मद्दत गर्ने बताए ।  

उनले सबै राजनीतिक दलहरुको राष्ट्रिय हितमा छलफल हुने फोरमहरु बन्नुपर्ने आवश्यकता रहेको बताए । उनले सबै पार्टीका साझा मुद्दाहरु एउटै भएकाले सबैले देशको समृद्धि चाहेको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप