आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको ललितपुर जिल्ला समिति पुनर्गठन, अध्यक्षमा कर्म

बुधबार, २० मङ्सिर २०८०, १८ : ४०
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को ललितपुर जिल्ला समिति पुनर्गठन भएको छ ।

पार्टी कार्यालयमा बुधबार आयोजित भेलाले कर्म महर्जनको अध्यक्षतामा २३ सदस्यीय समिति पुनर्गठन गरेको जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।  

समितिको उपाध्यक्षमा किरण कुमार महर्जन, सुमन खड्का सचिवमा सुरेन्द्र महर्जन, उपसचिव अस्तेन्द्र महर्जन, महेन्द्र बुढाथोकी र कोषाध्यक्ष सबित कुमार महर्जन रहेका छन् ।

बागमती प्रदेश समितिले कात्तिक १५ गतेभित्र जिल्ला समिति र पालिका समिति गठन, पुनर्गठनको कार्य सम्पन्न गर्न भनेको थियो । बागमती प्रदेशले कात्तिक १७ गतेको प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको छ । कात्तिक १५ गतेसम्म गठन, पुनर्गठन भएका समितिबाट मात्र उक्त प्रशिक्षण कार्यक्रममा प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था गरिएको कारण समिति पुनर्गठनलाई तीव्रता दिइएको हो ।

कार्यक्रममा जसपा कार्यकारिणी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज सुशीला श्रेष्ठ, राजनीतिक समिति सदस्य पुष्पराज राजकर्णिकारलगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप