आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भ्रामक टिप्पणी नगर्न माओवादीको अनुरोध

बुधबार, २० मङ्सिर २०८०, २० : १४
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टी महासचिव देवप्रसाद गुरुङले आज प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट गरेका छन् । 

विज्ञप्तिमा भ्रामक समाचार एवं टिप्पणी नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप