आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

शुक्रबार, ०७ वैशाख २०८१, २१ : ३८
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । आज २०८० कार्तिक १५ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

विवादै विवाद

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको कार्यकाल विहीवार पुरा हुँदैछ । चार वर्षे कार्यकालका लागि २०७६ कात्तिक १७ गते तत्कालीन प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेका थिए । बिदा हुनुपूर्व उनले आफ्नो कार्यकालमा गरेका कार्यहरूको विवरण सार्वजनिक गरे । उनले आफ्नो कार्यकालमा गर्न सकेका, गर्न नसकेको र प्रक्रियामा रहेका प्रगतिबारे समेत जानकारी गराए । 

राष्ट्रियसभाको चुनाव

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सिटका लागि आगामी माघ १० गते आसपास निर्वाचन गर्न प्रस्ताव गरेको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रस्ताव गरेका हुन् । 

उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान गरेको हो ।

शव ल्याउँदा निकै महँगो

गत सेप्टेम्बरमा एकजना नेपाली महिलाको रोमानियामा मृत्यु भयो । वैदेशिक रोजगारीको लागि त्यहाँ पुगेको केही महिनामै उनको मृत्यु भएको थियो । उनी जति रकम तिरेर रोमानिया पुगेकी थिइन्, त्यो भन्दा बढी खर्च उनको शव नेपाल ल्याउँदा भयो । 

कसका विरूद्ध संघर्ष ?

सत्ता घटक माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सम्मिलित चार दलीय समाजवादी मोर्चाले देशव्यापी संघर्षका कार्यक्रम ल्याउने  तयारी गरेको छ ।  सातै प्रदेशमा सन्देश सभा सम्पन्न गरेको मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिगामी शक्तिबाट चुनौती थपिएको निष्कर्ष निकाल्दै संघर्षका कार्यक्रम तय गर्न लागेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । 

प्रचण्डसमक्ष रिपोर्टिङ

जनतासँग माओवादी विशेष अभियान अन्तर्गत बागमती प्रदेशले अहिलेसम्म भएका कार्यप्रगतिबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष रिपोर्टिङ गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त बैठकमा कार्यप्रगति सम्बन्धमा संक्षिप्त जानकारी गराइएका थिए ।

किन बढ्दैछ डेंगु ?

जाडो याम सुरु भए पनि काठमाडौँका मुख्य अस्पतालहरूमा डेंगुका बिरामीको संख्या घट्नुको साटो बढ्दो छ । राजधानीको सिभिल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा डेंगु सङ्क्रमित उपचारका लागि आउने क्रम बढेको अस्पतालहरूले बताएका छन् ।

बजेट पास गर्ने मुख्यमन्त्रीको चाहना

कोशी प्रदेश सरकार विस्तारमा गठबन्धन र एमालेमध्ये को प्राथमिकतामा पर्ला भन्ने विषयमा चर्चा र चासो भइरहँदा मुख्यमन्त्री केदार कार्की भने दुवै पक्षलाई साइजमा राख्ने कोसिसमा छन् । उनी दुवै पक्षलाई साइजमा राख्दै, नियुक्त भएका दुई मन्त्रीलाई जिम्मेवारी पनि नतोकी सरकार विस्तार अघि अध्यादेशबाट आएको बजेटलाई प्रतिस्थापन गर्ने तयारीमा छन् ।

तीव्र गति

काठमाडौँको कलंकीदेखि कोटेश्वर र कोटेश्वरदेखि सूर्यविनायक सडक ६ लेनको बनाइएको छ । ६ लेनको सडक भएपछि सवारीसाधनहरू तीव्र गतिमा गुडाउँदा ती स्थानमा हुने दुर्घटनामा पनि अत्यधिक वृद्धि भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा विगत तीन आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट ५ सय ४४ जनाको मृत्यु भएको छ ।

रुपेश सर्राफलाई गोली हान्न पेशेबर

कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप