आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मानव अधिकार आयोगको प्रतिष्ठा जोगियो

शुक्रबार, ०७ वैशाख २०८१, २२ : २७
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । अन्ततः राष्ट्रिय मानव अधिकार आयोगको प्रतिष्ठा जोगिएको छ । ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी) ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो । 

आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार गानरीको पछिल्लो बैठकबाट आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको छ । सरकार र सरोकारवालाको सहयोगका कारण आयोग घटुवाबाट जोगिएको हो ।

 पेरिस सिद्धान्तअनुरूप आयोगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो भने मानवअधिकार संरक्षणसम्बन्धी कानुन संशोधनमा सरकार र आयोग सकारात्मक रहेकाले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको हो । यसअघि गानरीमा नेपाललाई घटुवा गर्न सिफारिस भएको थियो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप