आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

करणले लिए ओमानको पहिलो विकेट

बिहीबार, १३ वैशाख २०८१, ०९ : ०७
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेकाे छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले आफ्नो पहिलो विकेट गुमाएको छ ।

ओमानको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् । उनले ओमानका ओपनर ब्याट्सम्यान कश्यप प्रजापतीलाई आठ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । 

करणले कश्यपलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका हुन् । कश्यपले पाँच बलको सामना गरी दुई चौका हिर्काएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप