आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लज्जास्पद हार बेहोर्दै साबिक विजेता युनाइटेड बाहिरियो

बिहीबार, १३ वैशाख २०८१, ०९ : ३२
बिहीबार, १३ वैशाख २०८१

ओल्ड ट्राफोड । सन् १९७२ पछि ओल्ड ट्राफोडमा न्युक्यासलविरुद्ध दोस्रो हार बेहोर्दै साबिक विजेता म्यानचेस्टर युनाइटेड काराबाओ कपबाट बाहिरिएको छ । गत वर्षको फाइनलको बदला लिँदै न्युक्यासलले युनाइटेडलाई ३–० ले हराएको हो ।

पहिलो हाफमा मिगुएल अल्मिरोनाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३६ औँ मिनेटमा लेविस हलले टोलीको अग्रता दोब्बर बनाए । ६० मिनेटमा जोई विलकले तेस्रो गोल थप्दै सन् १९९३ पछि युनाइटेडविरुद्ध अवे खेलमा सबैभन्दा ठुलो जीत दिलाए ।

अब न्युक्यासलले अर्को चरणमा स्टामफोर्ड ब्रिजमा चेल्सीको सामना गर्नेछ । चेल्सीले ब्ल्याकबर्नलाई २–० गोलले हराएको छ ।

यता युनाइटेडले सुरुवाती १५ खेलमा ८ वटा खेलमा हार बेहोरेको छ । सन् १९६२–६३ सिजन यता युनाइटेडको यो सबैभन्दा खराब सुरुवात हो । तीन दिनअघि मात्र प्रिमियर लिगमा युनाइटेड चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग ३–० गोलले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप