आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गुल्सनले लिए ओमानको तेस्रो विकेट

बिहीबार, १३ वैशाख २०८१, ०९ : ३३
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

ओमानको तेस्रो विकेट गुल्सन झाले लिएका हुन् । उनले ओमानका ओपनर ब्याट्सम्यान प्रतीक अथावालेलाई २४ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । गुल्सनले प्रतीकलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए ।

विकेटकिपर ब्याट्सम्यान प्रतिकले १८ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनी ओउट हुँदा ओमानले पाँच ओभर ३७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप