आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समन्दर ओचिलोभ झापा एफसीमा अनुबन्धित

बिहीबार, १३ वैशाख २०८१, ०९ : ४३
बिहीबार, १३ वैशाख २०८१

झापा ।  उज्वेकिस्तानका डिफेन्डर समन्दर ओचिलोभ दोस्रो संस्करणको नेपाल सुपर लिगको लागि झापा एफसी सँग विदेशी खेलाडीको रूपमा अनुबन्धित भएका छन् । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट समन्दर ओचिलोभ अनुबन्ध गरेको जानकारी दिएको हो ।

सुन्दरले कजाकस्तान, उज्वेकिस्तान, ताजकिस्तान, भारत लगायतका देशहरूमा खेलिसकेका छन् । २८ वर्षीय उज्वेकी डिफेन्डरले झापा एफसीका मार्की खेलाडी अञ्जन बिष्टसँगै आई लिगमा खेलिसकेका छन् । हाल कजाकिस्तानमा व्यावसायिक फुटबल खेलिरहेका उनीसँग एएफसी लिग खेलेको अनुभव छ । झापा एफसीसँग जोडिन पाउँदा निकै खुसी रहेको र आफू लिग जित्नको लागि खेल्ने बताए ।

झापा एफसीका अध्यक्ष अर्पण बिक्रम खड्काले समन्दरको आगमनले टिमको डिफेन्स बलियो भएको बताए ।

'एशियन फुटबलको निकै अनुभव रहेका समन्दरको आगमनले हाम्रो डिफेन्स लाइन निकै बलियो हुने आशा लिगेका छौँ, छिरिङ र योगेश जस्ता आशालाग्दा खेलाडी पहिल्यै छन् समन्दरको अनुभवले डिफेन्स लाइन सन्तुलित भएको छ ।'

'अञ्जन र सुन्दरले पहिले सँगै खेलिसकेका छन् , यो हाम्रो लागी बलियो पक्ष हो । लामो समय एसियाली मुलुकहरूमा खेलेर अनुभव बटुलिसकेका समन्दरलाई अनुबन्ध गर्न पाउँदा निकै खुसी छौँ । उनको आगमनले टिममा छुट्टै ऊर्जा मिल्ने आशा लिगेका छौँ । उनी यसपालीको नेपाल सुपर लिगमा सरप्राइज प्याकेज हुनेछन् ' झापा एफसीका प्रवक्ता तथा महासचिव सुजन गौतमले बताए ।

झापा एफसीसँग जोडिन पाउँदा निकै खुसी रहेको सुन्दरले बताए । 'झापा एफसीसँग जोडिन पाउँदा निकै खुसी छु, म हरेक खेल जित्नको लागि खेल्नेछु । टिमलाई च्याम्पियन बनाउन आफ्नो क्षमताले भ्याए सम्म सबै कुरामा योगदान पुर्‍याउने छु ।' सुन्दरले बताए ।

झापा एफसीले यसअघि गोलरक्षक स्टेफन कुपिजलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरिसकेको छ । झापा एफसीले स्पोर्टिङ डी ईलाम सँग मङ्सिर ११ गते खेल्दै नेपाल सुपर लिगको सुरूवात गर्नेछ । एनएसएलको दोस्रो संस्करण मङ्सिर ८ गतेबाट काठमाडौँको दशरथ रङ्गशालामा आयोजना हुदैंछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप