आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तेस्रो डिभिजन टोलीसँग स्तब्ध बन्यो बायर्न

बिहीबार, १३ वैशाख २०८१, १० : ०७
बिहीबार, १३ वैशाख २०८१

म्युनिख । जर्मन च्याम्पियन बायर्न म्युनिख तेस्रो डिभिजन टोली सारब्रुकेनसँग स्तब्ध बनेको छ । जर्मन कपको खेलमा बायर्नले इन्जुरी समयमा गोल खाँदै १–२ गोलले पराजित भएको हो ।

मार्सेल गाउसले ९६ औँ मिनेटमा गोल गर्दै सारब्रुकेनलाई ऐतिहासिक जीत दिलाए । खेलमा अग्रता भने बायर्नले लिएको थियो । थोमस मुलरले १६ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अतिरिक्त समयमा प्याट्रिक सोनथेइमरले बराबरी गोल फर्काएका थिए ।

पछिल्ला ११ सिजन बुन्डेस लिगाको उपाधि जितेको बायर्न पछिल्ला चार वर्षमा तेस्रो पटक जर्मन कपको दोस्रो चरणबाट नै बाहिरिएको हो । अन्य खेलमा बोरुसिया डर्टमण्डले होफेनहाइमलाई १–० गोलले हरायो भने फ्रांकफर्टले एफसी भिक्टोरियालाई २–० गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप