आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

सन्दीप लामिछानेले लिए लगातार ओमानको दुई विकेट

मङ्गलबार, १८ वैशाख २०८१, १० : १४
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले लगातार आफ्नो पाँचौँ र छैटौँ विकेट गुमाएको छ ।

ओमानको पाँचौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिए । उनले ओमानका ब्याट्सम्यान आयान खानलाई १८ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । सन्दीपले आयानलाई बोल्ड गरेका हुन् । आयानले पेभेलियन फर्किनुअघि २५ बलमा दुई चौका हिर्काएका थिए ।

त्यसलगत्तै अर्को बलमा सन्दीपले मेहरान खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । ओमानले १३।२ ओभरमा ८७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप