आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

अविनाशले लिए ओमानको सातौँ विकेट

मङ्गलबार, १८ वैशाख २०८१, १० : २०
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको चलिरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले लगातार आफ्नो सातौँ विकेट गुमाएको छ ।

ओमानको सातौँ विकेट अविनाष बोहराले लिएका हुन् । उनले ओमानका अनुभवी ब्याट्सम्यान जिसन मक्सुदलाई ३३ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । अविनाशले कप्तान सिजनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन् । 

पेभेलियन फर्किनुअघि जिसनले २६ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काएका थिए । त्यति बेला ओमानको टोलीले १४.४ ओभरमा एक सय रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप