आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी टी–२० विश्वकप

नेपालले तेस्रो विकेट गुमायो, भुर्तेल आउट

मङ्गलबार, १८ वैशाख २०८१, ११ : २१
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल भुर्तेल १८ बलमा २६ रन बनाएर आउट भएका हुन् । यसअघि सोमपाल कामी १२ रन तथा आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका थिए ।

नेपालले ३ विकेटको क्षतिमा ४३ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो ।

आजको खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप