आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फागुन १ लाई हिंसा दिवस भन्नु ओलीको कुतर्क हो : प्रधानमन्त्री प्रचण्ड

'पूर्व राजाको चुरीफुरी स्वीकार्य छैन'
मङ्गलबार, १८ वैशाख २०८१, १२ : ३४
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  फागुन एकलाई हिंसा दिवस भन्नु एमाले अध्यक्ष केपी ओलीको कुतर्क भएको टिप्पणी गरेका छन् । पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा उनले विगतमा ओलीसहितको निर्णयमा जनयुद्ध दिवस मनाइएको दाबी गर्दै  जनयुद्धकै कारण देशमा शान्ति प्रक्रिया, शान्ति सम्झौता र गणतन्त्र आएको बताए । 

उनले भने–'शान्ति सम्झौता महत्त्वपूर्ण हो भने जनयुद्ध सुरु भएको दिन पनि महत्त्वपूर्ण हो, त्यसैले फागुन १ गतेलाई दिवसको रूपमा मनाउने गरिएको हो ।' उनले  विगतमा पनि ओलीले जनयुद्ध दिवस मनाउने निर्णयमा हस्ताक्षर गरे पनि उक्त दिन विभिन्न बहाना गरेर आफू नआई निहुँ खोज्ने काम गरेको बताए । 

प्रचण्डले जटिल परिस्थितिमा पनि प्रधानमन्त्रीको हैसियतमा भारत, अमेरिका र चीन भ्रमण सन्तुलित ढङ्गले सम्पन्न गर्न सकेकोमा आफूलाई गर्व रहेको समेत बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण पूर्ण रूपमा सफल भएको उनको दाबी छ ।

महासचिव गुटेरेसले नेपाल र नेपाली जनताको पक्षमा, नेपालको शान्ति प्रक्रियाको पक्षमा, मौसम परिवर्तनको प्रभावबारेमा र नेपालको आर्थिक विकास र समृद्धिको बारेमा सकारात्मक र उत्साहवद्र्धक अभिव्यक्ति दिएको उनको भनाई छ ।

यो विषय प्रधानमन्त्रीका लागि मात्रै नभएर सम्पूर्ण जनताका लागि गर्वको विषय भएको उनले बताए । आफ्नो विदेश भ्रमण र महासचिव गुटेरेसको नेपाल भ्रमणबाट आफू पूर्ण सन्तुष्ट रहेको उनको भनाइ थियो ।

प्रचण्डले देशमा अहिले अस्थिरता निम्त्याउनको लागि अनावश्यक चलखेल गर्न खोजिएको भन्दै त्यस्ता शक्तिलाई नजिकबाट नियालिरहेको बताएको बताए ।

निरङ्कुश सामन्ती राजसंस्थाले केही पनि नदिएको भन्दै उनले भने, 'नेपालमा निरङ्कुश सामन्ती राजतन्त्रले के दियो भन्ने कुरा नेपाली जनतालाई राम्रोसँग थाहा छ । नेपाली जनताले उदारतापूर्वक पूर्वराजाहरुलाई सम्मानपूर्वक क्रियाकलाप गर्न छुट दिए । अहिले चुरीफुरी गरेको राम्रो हुँदैन ।' 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप