आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट

तस्बिरमा हेर्नुहोस् नेपाल र ओमानबीचको खेल

मङ्गलबार, १८ वैशाख २०८१, १३ : ०३
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोली ओमानसँग पाँच रनले पराजित भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न आईसीसी टी २० विश्वकप छनोट अन्तर्गतको समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा नेपाल ओमनसँग पराजित भएको हो।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । नेपालका लागि बिवेक यादबले सर्वाधिक ३९ रन बनाए । उनले २४ बलको सामना गरी पाँच छक्का हिर्काए ।

nepal-oman-cricket (2)

ओपनर कुशल भुर्तेलले २६ रन बनाए । अर्का ओपनर आसिफ शेख पाँच रनमै आउट भए । तेस्रो नम्बरका ब्याट्सम्यान सोमपाल कामी पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । कुशल मल्ल १० रनमै पेभेलियन फर्किए । कप्तान रोहित पौडेल पनि १२ रनमै आउट भए । 

छैठौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोरा १२ रन बनाउँदै आउट भए । गुल्सन झा तीन रनभन्दा अगाडि बढ्न सकेनन् । सन्दीप लामिछाने दुई रनमै स्टम्पिङ आउट भए । करण केसीले ११ बलमा एक छक्का र एक चौकाको मद्दतले १५ रन बनाए । ओमानका बलर बिलाल खानले तीन विकेट लिए । सकिल अहमद, महेरान खान र अकिब इलियासले पनि दुई—दुई विकेट हात पारे ।

nepal-oman-cricket (3)

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । बिहीबारको खेलले समूह वितेको टुंगो लगाएको हो । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । 

नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । सिंगापुर र मलेसिया भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ । 

nepal-oman-cricket (4)nepal-oman-cricket (5)nepal-oman-cricket (7)nepal-oman-cricket (8)nepal-oman-cricket (9)nepal-oman-cricket (10)nepal-oman-cricket (11)nepal-oman-cricket (12)nepal-oman-cricket (13)nepal-oman-cricket (14)nepal-oman-cricket (15)nepal-oman-cricket (16)nepal-oman-cricket (17)nepal-oman-cricket (18)nepal-oman-cricket (19)nepal-oman-cricket (20)nepal-oman-cricket (21)nepal-oman-cricket (22)nepal-oman-cricket (23)nepal-oman-cricket (24)nepal-oman-cricket (25)nepal-oman-cricket (26)nepal-oman-cricket (27)nepal-oman-cricket (28)nepal-oman-cricket (29)nepal-oman-cricket (30)nepal-oman-cricket (31)nepal-oman-cricket (32)nepal-oman-cricket (33)nepal-oman-cricket (34)nepal-oman-cricket (35)nepal-oman-cricket (36)nepal-oman-cricket (37)nepal-oman-cricket (38)nepal-oman-cricket (39)nepal-oman-cricket (40)nepal-oman-cricket (41)nepal-oman-cricket (42)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप