आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकप खेल्ने बाबु-छोरा

बिहीबार, २१ मङ्सिर २०८०, १३ : ०४
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा प्रिंगल बाबु-छोराको नामसँग एउटा फरक प्रसङ्ग जोडिएको छ । खासमा प्रिंगल बाबु-छोराले फरक समयमा फरक राष्ट्रका लागि एकदिवसीय विश्वकप खेलेका थिए । 

बाबु डन प्रिंगलले सन् १९७५ मा पूर्वी अफ्रिकाका लागि एकदिवसीय विश्वकप खेलेका थिए । पूर्वी अफ्रिकी टोली विश्वकपको पहिलो संस्करणको समूहगत चरणबाटै बाहिरिएको थियो । पूर्वी अफ्रिकी टोली त्यो विश्वकपमा आफूले खेलेको तीनवटै खेलमा पराजित भएको थियो । 

त्यसपछि उनका छोरा डेरेक प्रिंगलले इङ्ल्यान्डको तर्फबाट सन् १९८७ र सन् १९९२ को एकदिवसीय विश्वकप खेलेका थिए । डेरेकसहितको इङ्ल्यान्डको टोली सन् १९८७ को विश्वकपमा उपविजेता पनि बनेको थियो । सन् १९९२ को विश्वकपमा पनि इङ्ल्यान्ड उपविजेता बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप