आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ठुला भनिएका तीन दलहरू बाहेकका लागि संसद् अनुदार छः रवि लामिछाने

बिहीबार, २१ मङ्सिर २०८०, १४ : १३
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  ठुला भनिएका तीन दलहरू बाहेकका लागि संसद् अनुदार रहेको आरोप लगाएका छन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ठुला भनेका दलको सिन्डिकेट संसदमा लादिने काम भएको बताए । उनले संसदमा दर्ता भएका संकल्प प्रस्तावहरुको छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति संसदको ध्यानाकर्षण गराए । 

उनले नागरिक र सरोकारवालको सुझाव नलिई कानुन बनाउने प्रवृत्तिका कारण कानुनहरू राम्रो बन्न नसकेको दाबी गरे । उनले संसदले सत्ता पक्षको बहुमतको बलमा कानुन बनाउँदा जनताको राय लिने स्वाभाविक प्रक्रियालाई निरुत्साहित गरेको आरोप लगाए । 

उनले भने, ‘ठुला भनेका दलको सिन्डिकेट लादिने यो संसदमा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन् । तर समस्याको दीर्घकालीन समाधानको लागि प्रस्ताव ढिलो चाँडो छलफल चलाउनै पर्छ । ’

नागरिक र सरोकारवालको सुझाव नलिई कानुन बनाउने प्रवृत्तिका कारण कानुनहरू राम्रो उनले अगाडि भने, ‘कानुन बनाउँदा राय लिऊँ भन्ने बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद् ठुला भनिएका तीन दलहरू बाहेकका लागि अनुदार छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप