आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रवि लामिछानेले सोधे– ‘यो व्यवस्था अरुका कारणले कि तपाईं हाम्रै कारणले जोखिममा छ ?

बिहीबार, २१ मङ्सिर २०८०, १४ : २५
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले अहिलेको व्यवस्था कसका कारणले जोखिममा छ भन्ने कुरा छुट्याउन आवश्यक रहेको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा यो व्यवस्था गुम्छ कि भनेर धेरै सांसदहरूमा चिन्ता देखिएको बताउँदै कसका कारण व्यवस्था खतरामा छ छुट्याउन आग्रह गरे ।  उनले भने– ‘यो व्यवस्था गुम्छ कि भनेर धेरैमा चिन्ता देखियो । तर म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु, के यो व्यवस्था, यो संविधान, अरू कसैका कारण खतरामा छ कि तपाई हाम्रै चरित्र, तपाई हाम्रै व्यवहारका कारणले खतरामा छ ? यो कुरा छुट्याउन जरुरी छ । हामीले व्यवस्था जोगाउनका लागि प्राथमिकता दिएको भए आज यो चिन्ता गर्ने अवस्था आउने थिएन । अहिले हामी यो व्यवस्था जोगाइरहेका छौँ कि आफ्ना मान्छे जोगाइरहेका छौँ छातीमा हात राखेर सोच्ने बेला आएको छ ।’  

सांसद लामिछानेले यो व्यवस्थाको चिन्ता हुन्थ्यो भने जेलमा बसेका मानिसहरूलाई कसरी छुटाउने, अनुसन्धानमा आफ्ना मान्छेलाई कसरी बचाउने भन्ने कुराको चिन्ता नहुने बताए । उनले दलहरूलाई व्यवस्था जोगाउन भन्दा पनि आफ्ना मान्छे जोगाउनु प्राथमिकतामा रहेको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप